५ साउन- काभ्रेपलाञ्चोक, तीर्थयात्रीबीच झगडा हुँदा चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ ।
सोमबार मध्यान्ह दुधौली नगरपालिका–२ स्थित मधुगंगा महादेव मन्दिर परिसरमा दर्शन गर्न पुगेका मन्दिर नजिकै डाँडामा रहेको एक चिया पसलमा १० जना भन्दा धेरै तीर्थयात्री बसेको बेला विवाद भइ झडप भएको थियो ।

प्रहरीका अनुसार झगडाका क्रममा चक्कु प्रहार हुँदा एक तीर्थयात्रीको मृत्यु भएको हो । तीर्थयात्रीहरूमध्ये केहीले कराउँदै झगडा गरेका थिए र स्थानीय आइरहेको थाहा पाएपछि चक्कु प्रहार गर्नेहरू जंगलतर्फ भागेका थिए ।
मृतकको पहिचान खुलेको छैन । शवलाई पोस्टमार्टमका लागि सिन्धुली अस्पताल लगिएको छ ।
प्रहरीले हत्यामा संलग्नको खोजी जारी राखेको दाबी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्