२ साउन- सुनसरी, आज सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
उक्त घटनामा भोक्राहा नरसिंह–३ का ३५ वर्षीय सुदिन यादवको मृत्यु भएको हो ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ख ०२४० नम्बरको टिपरले विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश १–०२–०४३प १३३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक यादव गम्भीर घाइते भएका थिए ।
घाइते यादवलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा ल्याएकामा उपचारका क्रममा मृत्यु भएको हो ।
ठक्कर दिने टिपर र चालक भोक्राहा नरसिंह गाउपालिका–२ का २८ वर्षीय जयप्रकाश मेहतालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्