सरकारी छाप दस्तखत कीर्ते गर्ने एक जना पक्राउ

२ साउन काठमाडौं, सरकारी छाप दस्तखत कीर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

 

झापा धरमपुर घर भएर हाल काठमाडौं बस्ने सफराज खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।

उनले त्रिभुवन विश्वविद्यालय, सीटीईभीटीलगायत शैक्षिक कार्यालयसँगै बैंक तथा वित्तीय संस्थाको समेत नक्कली लेटरप्याड, रबर स्ट्याम्प बनाएर त्यसैका आधारमा नक्कली प्रमाणपत्रहरू बनाउँदै बिक्री गरेका थिए ।

उनले ह्वाट्सएप र भाइबरमा समेत विभिन्न व्यक्तिहरूबाट अर्डर लिएर नक्कली कागज बनाउँदै आएको खुलेको छ ।प्रहरीले महाराजगन्जस्थित सफराजको डेराबाट नक्कली छाप र कागजातसँगै प्रिन्टरसमेत बरामद गरेको छ ।

सीआइबीले सफराजलाई सरकारी छाप दस्तखत कीर्ते मुद्दामा हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएको छ ।

प्रतिक्रिया दिनुहोस्