१ साउन- दार्चुला, महाकाली नदिको बीचमा अड्किएका पुरुषको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। यो घटना साउन १ गते भएको हो ।
बाँके जिल्लाको समशेरगञ्ज अमेलिया बस्ने ३५ बर्षिय बिक्रम के.सी. नदिको बीच भागमा रहेको ढुंगामा अड्किएर बसेको अवस्थामा उद्धार गरिएको थियो।
यो घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं ४४ गण दार्चुलाबाट खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजले सकुशल उद्धार गरेको हुन।
उद्धार गरिएका उनको मानसिक सन्तुलन ठिक नभएको बताइएको छ।
प्रतिक्रिया दिनुहोस्