इराकमा भीषण आगलागी, ५० जनाको मृत्यु

१ साउन- इराक, पूर्वी इराकको अल–कुट सहरमा रहेको हाइपर मार्केटमा भएको भीषण आगलागीमा ५० जनाको मृत्यु भएको छ ।

 

अहिले यो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा पाँच तले एक भवनमा आगो लागेको देख्न सकिन्छ । अग्नि नियन्त्रकहरू भने भवनमा लागेको आगो निभाउने कोसिसमा व्यस्त देखिन्थे ।

 

घटनास्थलबाट अग्नि नियन्त्रकहरूले कयौँ मानिसको उद्धार गरेको भनिएको छ ।

अहिलेसम्म आगलागीको कारण थाहा हुन नसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्