१४ महिने बालिकाको सर्पले डस्दा मृत्यु

१ साउन- कपिलवस्तु, सर्पले डस्दा एक बालिकाको मृत्यु भएको छ।

गएराति सर्पले डस्दा महाराजगञ्ज नगरपालिका नं. २ की १४ महिने झगरु पासवानकी छोरी सङ्गीता पासवानको मृत्यु भएको हो।

 

राति सुतेको अवस्थामा सर्पले डसेपछि अचेत बनेकी सङ्गीतालाई बहादुरगञ्ज अस्पताल पुर्‍याइएको थियो। तर, त्यहाँ उपचार हुन नसकेपछि उनलाई गोरीसिङ्गे सर्वदंश उपचार केन्द्र रेफर गरिएको थियो।

तर, ढिलाइ हुँदा उनको बाटोमै मृत्यु भएको गोरुसिङ्गे सर्पदंश उपचार केन्द्रले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्