धरहरा अब १२ घण्टा खुल्ला हुने, सार्वजनिक बिदामा पनि खुल्ने

३१ असार- काठमाडौं, धरहरा अब बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म खुल्ला हुने भएको छ ।

साउन १ गतेबाट धरहरा खुल्ने समयावधि थप हुने भएको हो । सार्वजनिक बिदाको दिन पनि अब धरहरा चढ्न पाइने शहरी विकास मन्त्रालयका प्रवक्ताले बताएका छन ।

धरहरा अहिले दैनिक बिहान १० देखि बेलुका चार बजेसम्म खुल्ने गरेको छ । सरकारले दिने सार्वजनिक बिदाको दिन यो बन्द हुन्छ भने शनिबार साप्ताहिक बिदाको सट्टा बुधबार धरहरा बन्द हुने गर्छ ।

अब बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म दुई सिफ्टमा धरहरा सञ्चालन हुने छ । धरहरा घुम्न चाहनेहरूका लागि सार्वजनिक बिदाको दिन पनि अब खुला रहनेछ,।

प्रतिक्रिया दिनुहोस्