भन्सार छलीका ८६ बण्डल बिडी बरामद

३१ असार- दार्चुला, भन्सार छलीका ८६ बण्डल बिडी बरामद गरिएको छ।

महाकाली नगरपालिका–४ बसपार्कबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १२ हजार ९ सयको भारतीय बिडी ८६ बण्डल बरामद गरिएको छ।

सोमवार जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी उक्त बिडी नियन्त्रणमा लिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्