सात महिनाकी गर्भवती महिलाको झारफुकमा अल्झिँदा मृत्यु

३० असार- उदयपुर, समयमै उपचार नपाएर एक सात महिनाकी गर्भवती महिलाको मृत्यु भएको छ।

त्रियुगा नगरपालिका-९, गैरुनकी ३० वर्षीया तारा गिरीको आइतबार साँझ निधन भएको हो। मिर्गी रोगले बेहोस भएकी उनलाई तत्काल अस्पताल लैजानुको सट्टा झारफुकमा अल्झिँदा ज्यान गएको हो।

गिरी आइतबार साँझ करिब ६ः४० बजे छारे रोगका कारण बेहोस भएर ढलेको बताए।

मृतक गिरीका श्रीमान् वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा छन्। घरमा ८ वर्षीय छोरा र वृद्ध सासू मात्र रहेका छन।

शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्