३० असार भारत, भारतीय दक्षिणी राज्य आन्ध्र प्रदेशमा आँप बोकेको लरी पल्टिँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ, साथै अन्य ११ जना घाइते भएका छन ।
अन्नामया जिल्लाको पुल्लमपेटा क्षेत्रमा आइतबार राति लरी दुर्घटना भएको हो । लरीमा करिब ४० टन आँप तथा २० जना कामदारहरू लोडको माथि बसेकाले लरीले नियन्त्रण गुमाइ दुर्घटना भएको हो ।
लरी पल्टिएपछि आँपका टोकरीहरू मजदुरहरू माथि परेका कारण केहीको निधन भएको र केही कामदार घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि स्थानीय र आपतकालीन कर्मचारीले घाइतेहरूलाई उद्धारका गरी अस्पताल लगेका थिए ।
-एजेनसी
प्रतिक्रिया दिनुहोस्