२९ असार- कैलाली, घोडाघोडी नगरपालिकाका १४ वर्षीय बालकको करेन्ट लागेर मृत्यु भएको छ।
मृत्यु हुनेमा घोडाघोडी नगरपालिका–९ शिखरझालाका दिलबहादुर चौधरीका १४ वर्षीय छोरा आर्यन चौधरी रहेका छन ।
आइतवार उनी घरमा करेन्ट लागेर गम्भीर घाइते भएकोमा उनको घोडाघोडी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। करेन्ट लाग्नुको कारणको विषयमा खुलेको छैन।
प्रहरीका अनुसार अनुसन्धान जारी रहेको छ।
प्रतिक्रिया दिनुहोस्