युवतीमाथी होटलमा जबर्जस्ती करणी, पाँच जना पक्राउ

२९ असार- पाँचथर, २१ वर्षीय युवतीलाई होटलमा जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

फिदिमको बाटिका होटलमा उनिमाथि करणी भएको भन्दै प्रहरीलाई युवतीले सूचना दिएपछि उनीहरू पक्राउ परेका छन ।

 

पक्राउ पर्नेमा झापाका २१ वर्षीय विवश खड्का, २६ का अंकित शर्मा, पाँचथरका २१ वर्षीय अनिश योङहाङ, २४ वर्षका सञ्जय तामाङ र २३ वर्षका उमेश तामाङ रहेका छन ।

उनीहरू विरुद्ध जबर्जस्ती करणीमा अनुसन्धान अघि बढेको छ।

प्रतिक्रिया दिनुहोस्