टर्कीमा रकेट र विस्फोटक पदार्थ बनाउने कारखानामा भएको ठूलो विस्फोटमा पाँच कामदारको मृत्यु

 

राजधानी अंकाराबाट ४० किलोमिटर पूर्वमा रहेको सरकारी स्वामित्वको एमकेई रकेट र विस्फोटक कारखानामा शनिबार बिहान यो घटना भएको हो।

टर्कीमा रकेट र विस्फोटक पदार्थ बनाउने कारखानामा भएको ठूलो विस्फोटमा पाँच कामदारको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। विष्फोटबाट धेरै घाइते भएका छन, टर्कीको स्थानीय सरकारी टिभीले नजिकैका घर र पसलका झ्यालहरू मा क्षती पुगेको बताएको छ। कारखानाको डाइनामाइट विभागमा भएको घटनाका कारण विस्फोट भएको अधिकारीहरुले बताएका छन् । क्षेत्रीय गभर्नर वाहाप साहिनले भने कि अन्य कुनै कामदार वा कर्मचारीहरू भग्नावशेषमा फसेका छैनन् र टर्कीको मिडियाले घाइते कर्मचारीहरूलाई स्थानीय अस्पतालमा सारिएको बताएको छ। धेरैको अवस्था गम्भीर रहेको बताइएको छ ।

 

श्री साहिनले पत्रकारहरूलाई भने कि विस्फोट हुनुमा रासायनिक प्रयोगको परिणाम हो, एक विज्ञप्तिमा उपरक्षा मन्त्री अल्पास्लान काभाक्लियोग्लुले विस्फोट हुनु अघि अधिकारीहरूले भवन भित्रका फुटेजहरू समीक्षा गरेका थिए र विस्फोटको क्षणसम्म केही नभएको बताए। हाम्रा कर्मचारीहरूले आफ्नो सामान्य गतिविधि गरिरहेका थिए, र अचानक विस्फोट भयो, उनले थपे।

अग्निनियन्त्रकहरूले निकै तन्दुरुस्तीका साथ साना आगोलागेको ठाँउहरुलमा आगो निभाउन लागेको उक्त भिडियोमा देख्न सकिन्छ। यसैबीच, परिवारका सदस्यहरू आफ्ना प्रियजनहरूको खबरको पर्खाइमा भवन नजिक भेला भएका छन। रक्षा मन्त्रालयले एक विज्ञप्तिमा भन्यो कि “घटनाको सम्बन्धमा न्यायिक र प्रशासनिक अनुसन्धान सुरु गरिएको छ, जबकि क्षेत्रीय अभियोजकहरूले भने कि उनीहरू के भयो भनेर हेरिरहेका थिए।

टर्कीका भर्खरै निर्वाचित राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई रक्षा मन्त्री यासर गुलरले घटनाको बारेमा जानकारी गराएका थिए र पीडितका परिवारप्रति समवेदना पठाएको उनको सञ्चार कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्