२९ असार- हेटौंडा, बालगृहमा आश्रय लिइरहेकी बालिकालाई प्रमख अधिकृतबाटै बलात्कार भएको घटना बाहिर आएको छ ।
बलात्कार गरेको आरोपमा प्रमख अधिकृत पक्राउ परेका छन् । मकवानपुरको कैलाश गाउँपालिकामा सञ्चालित बालगृहमा आश्रय लिइरहेकी बालिकालाई प्रमख अधिकृतले बलात्कार गरेका थिए ।
सांग्रिला डेभलपमेन्ट एसोसिएसनले कैलाश–३ मा सञ्चालन गरेको बालगृहमा विगत ४ वर्षदेखि बस्दै आएकी १७ वर्षीया बालिकामाथि पटक–पटक बलात्कार गरेको जाहेरीको आधारमा बालगृहका प्रमुख ४८ वर्षीय प्रमुख मधुसुदन राउतलाई प्रहरीले पक्राउ गरेको हो ।
राउतलाई गत शुक्रबार काठमाडौंबाट पक्राउ गरि मकवानपुर लगिएको छ । उनलाई आज म्याद थपका लागि मकवानपुर जिल्ला अदालतमा उपस्थित गराइएको छ । किशोरीले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राउतविरुद्ध ८ असारमा जाहेरी दर्ता गरेकी थिइन् ।
राउतले बालिकालाई जेठ १ गतेदेखि २८ गतेसम्म पटक–पटक बलात्कार गरेको जाहेरी परेको छ ।
बालिकाको बाबुको दुर्घटनामा मृत्यु भएको र आमा सम्पर्कविहीन भएपछि उनि बालगृहमा आश्रय लिएर बस्दै आएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्