जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८, सत्यवती केवँरेछेडामा आइतबार बेलुकी भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

दुर्घटनामा परी मृत्यु हुने सबै अर्घाखाँचीका हुन् । अर्घाखाँचीको पाणिनी गाउँपालिका–१, की ५५ वर्षीया श्यामकला परियार, पाणिनीकै चालक २६ वर्षीय रमेश विक, पाणिनी २ पोखराथोककी २५ वर्षीया सीता गौतम, पोखराथोककी दुई वर्षीय संयोग गौतम र पणेनाका ३७ वर्षीय विजय पोखरेल रहेको प्रहरीले जनाएको छ । परियार, विक र गौतमको घटनास्थलमा साथै दुई वर्षीय संयोग र पोखरेलको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । ज्यान गुमाउने सीता र संयोग आमा छोरा हुन् । दश जना घाइतेको रुपन्देहीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेमध्ये पँच जनाको अवस्था चिन्ताजनक रहेको उपचारमा सग्लन चिकित्सकले बताएका छन । जसमा चार जनाको भैरहवास्थित मेडिकल कलेज र एक जनाको चौराहा अस्पताल बुटवलमा उपचार भइरहेको छ । थप पाँच जना घाइतेको भने लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार जारी छ । घाइतेमध्ये अधिकांश बालबालिका रहेका छन् । रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पाणिनीको पणेनातर्फ जाँदै गरेको लु १ च ९०२४ नम्बरको जिप ढोरपाटन सडकको केवँरेछेडामा दुर्घटनामा भएको हो । दुर्घटनाग्रस्त जीप सडकदेखि ७० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।।

प्रतिक्रिया दिनुहोस्