२९ असार – काठमाडौंँ, काठमाडौंँ महानगरपालिकाले नगर सभाको १७औंँ अधिवेशनको पहिलो बैठकमा अगामी आर्थिक वर्ष २०८२ /०८३ को लागि वार्षिक बजेट प्रस्तुत गरेको छ। आर्थिक वर्ष २०८२/ ०८३ को लागि वार्षिक बजेट उपप्रमुख सुनिता डंगोलले प्रस्तुत गरेकी हुन ।
उनले आगामी आर्थिक वर्ष २०८२/८३ को लागी करिव २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैया संचित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार हुने गरी कुल २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको अनुमानित बजेट पेस गरेकी हुन्।
काठमाडौं महानगरपालिकाले आर्थिक विकासमा कुल बजेटको ३ प्रतिशत अर्थात ७५ करोड ३४ लाख ३० हजार रुपैयाँ प्रस्ताव गरेको छ भने सामाजिक विकासमा २० प्रतिशत अर्थात् ५ अर्ब २ करोड २८ लाख ६८ हजार रुपैयाँ प्रस्ताव गरेको हो ।
‘पूर्वाधार विकासतर्फ ५१ प्रतिशत अर्थात् १२ अर्ब ८० करोड ८३ लाख १४ हजार रुपैयाँ छ भने सुशासन तथा अन्तर्सम्बन्धित क्षेत्रतर्फ १२ प्रतिशत अर्थात् ३
‘फोहोरमैला व्यवस्थापन, विद्यालय शिक्षा प्रणालीमा सुधार,सुशासन प्रवर्द्धन, सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको क्षमतावृद्धि, एक वडा एक उद्यम कार्यक्रमलाई प्रवर्द्धन गरी रोजगारी र आयवृद्धि गर्ने कार्यक्रमहरुलाई समेत उच्च प्राथामिकतामा राखिएको छ’ ‘यसैगरी काठमाडौ महानगरपालिका क्षेत्रभित्रको ध्वनि प्रदूषण कम गर्ने, सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने, महानगरक्षेत्रभित्रका ऐतिहासिक, धार्मिक, पुरातात्विक,महत्व वोकेका मठ, मन्दिर,बहाल, पोखरी, हिटी, वहाः वही, ननीलगायतका सम्पदास्थलहरुको संरक्षण र प्रवर्द्धनमा समेत यथेष्ठ बजेट व्यवस्थापन गरिएको छ।’
महानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि २४ अर्ब ९० करोड ६३ लाख २५ हजार रुपैयाको बजेट पारित गरेको थियो।
प्रतिक्रिया दिनुहोस्