२७ असार- कैलाली, लागूऔषधसहित ४ जना पक्राउ परेका छन्।
भारतबाट नेपाल तर्फ आउदै गरेको भजनी नगरपालिका–५ लालबोझीमा से ३ प ९२६३ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक भजनी नगरपालिका–४ बस्ने २५ वर्षीय मनोज चौधरी र मोटरसाइकल पछाडी सवार २१ वर्षका बिक्रम चौधरीको साथबाट ३ ग्राम ९६० मिलिग्राम र ग ६ प ८३७९ नम्वरको मोटरसाइकललाइ चेकजाँच गर्दा चालक घोडाघोडी नगरपालिका–१२ बस्ने २१ वर्षीय बिशाल चौधरी र मोटरसाइकल पछाडी सवार २८ वर्षीय हनुमान चौधरीको साथबाट १ ग्राम ७१० मिलिग्राम गरी जम्मा ५ ग्राम ६७० मिलिग्राम लागूऔषधसहित चारै जनालाई प्रहरीले पक्राउ गरेको हो।
दुवै मोटरसाईकलसहित चारै जनालाई इलाका प्रहरी कार्यालय पृथ्वीपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्