२७ असार- काठमाडौं, ४० किलोग्राम लागुऔषध गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङ गजुरी–४ का निराजन चेपाङ, प्रकाश चेपाङ र शङ्कर चेपाङ, काठमाडौं महाराजगञ्जका जीवन प्रजा र सुमन चेपाङ रहेका छन् ।
उनीहरूको साथबाट प्रहरीले एक लाख २५ हजार नगदसमेत बरामद गरेका छन । काठमाडौं कोटेश्वरस्थित सुनम चेपाङको डेरामा लुकाइछिपाई राखेको अवस्थामा सो परिमाणको गाँजा राखेको र बिक्री वितरण गरेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्