२७ असार- कैलाली, टीकापुरमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।
टीकापुर नगरपालिका–९ पायलगाउँका २२ वर्षीय धुरु लुहारको बिहिवार करेन्ट लागेर मृत्यु भएको छ।
उनलाई घरभित्रको टिनको छानाबाट करेन्ट लागेको इलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ। करेन्ट लागेर घाईते भएका लुहारलाई उपचारका लागि टीकापुर अस्पताल पुर्याईएको थियो।
उनको उपचारकै क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्