२६ असार- खोटाङ, जिल्ला शिक्षा अधिकारीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नौँ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ ।
बिहीबार आयोगले जिल्ला शिक्षा कार्यालय, खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईं, गणेश प्रसाद भट्टराईसहित नौँ जना माथि गैर कानुनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको हो ।
दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं। ४ मा रहेको श्री जनता उच्च माध्यमिक विद्यालयलाई जिल्ला शिक्षा कार्यालय, खोटाङबाट विभिन्न विषयमा प्राप्त अनुदान रकम हिनामिना गरेको उनीहरूमाथि आरोप लागेको छ ।
प्रतिक्रिया दिनुहोस्