मोटरसाइकल र स्कुटर ठोक्किँदा चालक दुवैको मृत्यु, ३ वर्षीय बालक पनि घइते

२५ असार- झापा, बाह्रदशीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा चालक दुवैको मृत्यु भएको छ।

उक्त घटनामा परी ३ वर्षीय बालकसहित दुई जना गम्भीर घाइते भएका छन्।

आज दिउँसो ३ः४० बजेको समयमा बाह्रदर्शी गाउँपालिका-१ खैरबारीको भित्री सडकमा राजगढबाट कुटीतर्फ जाँदै गरेको बीआर ३७ एजेट ६४४० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र-१-०१-०१६ प ९२७० नम्बरको स्कुटर एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा परी स्कुटर चालक कचनकवल गाउँपालिका ३ अन्दाजी ६० वर्षको श्रीप्रसाद राजवंशीको घटनास्थलमै र मोटरसाइकल चालक ९तत्काल नाम थर वतन नखुलेको० प्रादेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको हो। दुवै शव अस्पतालमा रहेको जनाइएको छ।

 

दुर्घटनामा परी स्कुटरको पछाडि सवार मृतक श्रीप्रसादको बुहारी २७ वर्षीया उर्मिला राजवंशी र उनको ३ वर्षीय छोरा आयुष राजवंशी गम्भीर घाइते भएको र दुवैलाई उपचारको लागी बीएण्डसी अस्पताल बिर्तामोड पठाइएको छ।

 

प्रतिक्रिया दिनुहोस्