नुहाउने क्रममा कर्णालीमा डुबेर ज्यान गएको छ

कैलालीको टीकापुर नगरपालिका वडा नं. ५ स्थित कर्णाली नदीको दौलतपुर घाटमा डुबेर एक युवकको ज्यान गएको छ ।

 

वडा नं. ५ प्रेमनगरका १७ वर्षीय अमृत चौधरीको कर्णाली नदीमा नुहाउने क्रममा डुबेर ज्यान गएको हो । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी उद्धवसिंह भाटले साढे २ बजेतिर नुहाउने क्रममा डुबेका उनको शव दौतलपुर घाट छेउमा फेला पारिएको बताए ।

गर्मी छल्न नुहाउने क्रममा नदीमा गएको उनको ज्यान गएको बताइएको छ ।

स्रोतः हाम्रो पत्र

प्रतिक्रिया दिनुहोस्