२५ असार- काठमाडौं, आज नेप्से परिसूचक २२.०४ अंक बढेसँगै २७०५ मा पुगेको छ । बुधबार सेयर बजार २७ सय अंक नाघेको छ ।
अघिल्लो दिन ६ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ७ अर्ब ४५ करोडको भयो । १९९ कम्पनीको मूल्य बढ्दा ४९ को घट्यो ।
आज मूल्य धेरै बढेका वाणिज्य बैंकमा एनआईसी एसियापछि माछापुच्छ्रे, लक्ष्मी सनराइज, कृषि विकास, सिटिजन्स, ग्लोबल आईएमई, प्रमु र कुमारी क्रमशः छन् ।
प्रतिक्रिया दिनुहोस्