२५ असार- दाङ, आज बुधवार प्रहरीले दाङमा एकजनालाई पेस्तोलसहित पक्राउ गरेको छ।
घोराहीमा रहेको एक ट्रेनिङ सेन्टरबाट पेस्तोलसहित एक युवकलाई पक्राउ गरिएको हो। दाङको घोराही उपमहानगरपालिका–१५ स्थित लोटस ट्रेनिङ सेन्टरको होस्टेलमा अवैध हतियार लुकाएको अवस्था युवक पक्राउ परेका छन ।
पक्राउ पर्ने युवक सल्यान कपुरकोट गाउँपालिका–३ फलाटे घर भई हाल उक्त ट्रेनिङ सेन्टरमा तालिम लिइरहेका १९ वर्षीय अजय विक रहेका छन । प्रहरीका अनुसार असार २४ गते साँझ करिब ६ः३० बजेतिर युवकले हतियार लुकाएको भन्ने विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको टोलीले जाँच गर्दा अजय विक सुत्ने खाटमुनि लुकाइएको झोलाबाट हतियार फेला पारेको हो।
झोलाभित्र कालो रंगको JORDAN लेखिएको पछाडि भिर्ने झोलाबाट ०.३२ पेस्तोल (civil INGSF1902134300.32 Indian Ordnance Factory), त्यसमा लाग्ने ४ राउण्ड गोली, र ७ राउण्ड क्षमताको म्याग्जिन फेला परेको छ।
अवैध हतियारसहित युवकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्