संकेतिक फाइल फोटो
२४ असार- जुम्ला, सोमबार दिउँसो ४ः३० बजे चट्याङ पर्दा १९७ भेडा मरेका छन ।
‘पाटनमा छ जना किसानका भेडा मरेको खुलेको छ । कुन किसानका भेडा कति मरे छन् भन्ने तथ्यांक संकलन भइरहेको छ ।
‘ पाटनमा चरिरहेका भेडाको बथानमा चट्याङ परेको भन्ने खबर प्राप्त भएको छ ।’
सुरक्षा निकाय र स्थानीयवासीको टोली घटनास्थल पुगेर चट्याङले मरेका भेडाको गणना भएको छ । चट्याङले घाइते भएका सिंजा गाउँपालिका भाडगाउँका ५२ वर्षका धनबहादुर रावतको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
घाइते रावतको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
प्रतिक्रिया दिनुहोस्