मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

पाँचथर, ९ साउन । पाँचथरको फिदिम नगरपालिका–२ ओदिनस्थित मेची राजमार्गमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

 

हिजो दिउँसो साढे १ बजे ओदिनबाट फिदिमतर्फ आउँदै गरेका झापाको बिर्तामोड नगरपालिका–८ मेथिबारी घर भएका २४ वर्षीय युवराज अधिकारीले चलाएको प्र १–०३–००१ ब ००१९ नंबरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट अंदाजी ५ मिटर तल झरेर दुर्घटना भएक थियो ।

 

दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई जिल्ला प्रहरी कार्यालय पाचँथरबाट खटिएको प्रहरीको टोलीले उद्दार गरी उपचारको लागि जिल्ला अस्पताल पाँचथर लगेकोमा उपचारको क्रममा मृत्यु भएको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्