रुसका यातायातमन्त्रीले पदबाट बर्खास्त गरिएको केही घन्टाभित्रै गरे आत्महत्या

२४ असार- रुस, रुसका यातायातमन्त्री रोमन स्टारोभोइट पदबाट बर्खास्त गरिएको केही घन्टाभित्र आत्महत्या गरेको पाइएका छन् ।

 

उनलाई रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भ्रष्टाचारको आरोप लागेपछि बर्खास्त गरेका थिए ।

गोलीको चोट लागेको अवस्थामा स्टारोभोइटको शरीर एउटा निजी गाडीभित्र भेटिएको थियो ।उनलाई यस्तो अवश्थामा देख्दा यो आत्महत्याको घटना भएको बताइएको छ ।

उनि स्थानीय समयनअनुसार सोमवार ३ बजे मस्कको बाहिरपट्टि रहेको ओडिन्तसोभोस्थित मालेभिच पार्कमा मृत अवश्थामा फेला परेका थियो । उपहारमा पाएको माराकोभ पिस्तोल पनि टेस्ला गाडीभित्र उनीसँगै थियो ।

उनलाई सोमवार बेलुका प्रहरीले पक्राउ गरेर सोधपुछ गर्न खोजेको थियो तर त्यसअघि नै उनले आत्महत्या गरे ।

 

-एजेन्सी

प्रतिक्रिया दिनुहोस्