बालेन शाहद्धारा नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई कटाक्ष

काठमाडौँ महानगर प्रमुख बालेन शाहले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई कटाक्ष गरेका छन् ।

 

महामन्त्री थापाले सोमबार एक कार्यक्रममा राजनीतिक दलको झोला बोकेर विश्वविद्यालय छिर्न पाइँदैन भन्ने कुरालाई स्थापित गर्नुपर्ने बताएका थिए । थापाको भनाइप्रति कटाक्ष गर्दै प्रमुख शाहले काठमाडौँ महानगरका विद्यालय, शिक्षण संस्था, कार्यालयमा कांग्रेस पार्टीको भातृ संगठन नभएको घोषणा गरेका हुन् ।।

उनले भनेका छन:

माननीय गगन थापाज्यु,
दलको हिजोको एक कार्यक्रममा झोला बोकेर प्राध्यापक, कर्मचारी र विद्यार्थी विश्वविद्यालय छिर्न पाइँदैन भन्नु भयो । नेपाली कांग्रेसको महामन्त्रीज्युले नै भने पछि,
काठमाडौं महानगरभित्रका सबै विद्यालय, शिक्षण संस्था, कार्यालय, सबैतिर कांग्रेस पार्टीको कुनै पनि भातृ संगठन नभएको घोषणा गर्दछौँ ।
बोलेको कुरा पुरा गर्नुहोला माननीय ज्यु ।

प्रतिक्रिया दिनुहोस्