२४ असार- काठमाडौ, नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति गएको बाढीका कारण वेपत्ता भएका १८ जनाको पहिचान भएको छ । गोसाइकुण्ड गाउँपालिका(२ मा वेपत्ता भएका १८ जनाको पहिचान खुलेको सशस्त्र प्रहरीले जनाएको छ ।
बाढीसँगै तीन जना प्रहरी वेपत्ता छन् । उनीहरू तीनै जना इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत रहेका थिए ।
वेपत्ता भएकामा प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहोरा हुन ।
यसैगरी, बाढीसँगै वेपत्ता भएका ६ चिनियाँ नागरिकहरूमा यु युइ, ली हुवाछिन, याङ चुआन, यु हाइ हाङ, यु छिआओ छुइ र जोउ योङ हुन् ।
साथै, वेपत्ता हुनेमा बर्दियाका जिपन चौधरी, सन्तोष दइत, बुद्धिराम थारू, लक्ष्मीनारायण थारू, सुरेश थारू, बागलुङका नरेन्द्र विक, सिन्धुपाल्चोकका फुर्वा लामा, गोविन्द मोक्तान र लोकमान तामाङ रहेका छन् । लामा, मोक्तान र तामाङ गाडी चालक हुन्।
बाढीसँगै केही वेपत्ता बनिरहेको बेला गजुरी गाउँपालिका–६ बेल्खुमा र गल्छी गाउँपालिका–२ केउरेनीमा २ शव भेटिएका छन् । दुवै शव पुरुषको रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शवको पहिचान भने भइसकेको छैन ।
प्रतिक्रिया दिनुहोस्