सोमबार करेन्ट लागेर एक जनाको मृत्यु

२३ असार- सप्तरी, सोमबार बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

रूपनी गाउँपालिका-६ भटिनिया टोल बस्ने ३५ वर्षीय ध्रुव कुमार भगतको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ।

 

आफ्नै घरमा सिलिङ पंखा बनाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको छिन्नमस्ता अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो।

 

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्