२३ असार- तेल अभिभ, उत्तरी गाजाको समुद्र तटको एक क्याफेमा भएको आक्रमणमा हमासका नौसेना कमान्डरको मृत्यु भएको छ । गाजाको अल–बाका क्याफेमा आक्रमण भएको थियो । यस आक्रमणमा धेरै नागरिकहरू पनि मारिएका खबर आएको छ ।
आक्रमणमा नौ सेनाका कमान्डर रमजी रमजान अब्द अली सालेह साथै हमासको मोर्टार युनिटका उपप्रमुख हिशाम अयमान अतिया मन्सूर र निसिम मुहम्मद सुलेमान अबु सबाहाको मृत्यु भएको इजरायल रक्षा बल (आईडीएफ) ले जनाएको छ ।
बीबीसीले क्याफे आक्रमणमा मारिएका २९ जनाको नाम पुष्टि गरेको छ, जसमध्ये कम्तीमा नौ जना महिला र बालबालिका थिए ।
प्रतिक्रिया दिनुहोस्