डिभिजन वन कार्यालयका प्रमुखमाथि कार्यकक्षमै कुटपिट

२२ असार- जाजरकोट, डिभिजन वन कार्यालयका प्रमुख अमरप्रसाद साहमाथि कार्यकक्षमै कुटपिट भएको छ। आइतबार कार्यालय समयमै कार्यालयभित्र पसी अपरिचित समूहले कुटपिट गरेको हो।

 

कार्यकक्षभित्र काम गरिरहेका बेला केही व्यक्तिहरूले अचानक प्रवेश गरेर भ्रष्टाचारी भन्दै दुर्व्यवहार गर्दै हातपात गरेको साहले बताएका छन। ‘म सामान्य फाइल हेर्दै थिएँ, एक्कासि ३–४ जना मानिसहरू पसेर आक्रोशित ढंगले कराउन थाले, अनि मलाई थिचथाच पार्दै कुटे,’ साहले भने।

 

घटनापछि शाहले सामान्य चोटपटक लागेको बताएका छन। केही दिनअघि डिभिजन वन कार्यालयको तालिम हलमा मदिरा सेवन गरेको भन्दै सार्वजनिक भिडियोका कारण चर्को आलोचना खेपिरहेका प्रमुखमाथि आज कार्यकक्षमै कुटपिट भएको छ।

आक्रमणकारीको पहिचान भइसकेको छैन। सीसीटीभी फुटेजको सहायताले छानबिन अघि बढाइएको छ। ‘

प्रतिक्रिया दिनुहोस्