दुई युवकको साथीको कुटपिटबाट मृत्यु भएको शंका

१९ आसर- झापा, दुई युवकको शंकास्पद रूपमा मृत्यु भएको घटना बाहिर आएको छ।

शिवसताक्षी नगरपालिका-९ बस्ने १९ वर्षीय रोमन थापा र १५ वर्षीय आदित्य तामाङको साथीको कुटपिटबाट मृत्यु भएको भनी प्रहरीमा उजुरी परेको छ।

एक साताअघि साथीसँग झगडा हुँदा थापा र तामाङ घाइते भएका थिए। घाइते दुवैजनाको उपचारका क्रममा मृत्यु भएको थियो। साथीसँग झगडा भएको र कुटपिट भएको विषयमा दुवैजनाले परिवारलाई भनेका थिएनन्। थापाको शनिबार र तामाङको बुधबार उपचारको क्रममा मृत्यु भएको हो। गत असार ११ गते कुटपिटको घटना भएको थियो।

जिल्ला प्रहरी कार्यालय झापाले कुटपिटमा संलग्न रहेको शंकामा ६ जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको छ। सबै १६ वर्षभन्दा कम उमेर समूहका रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

इलाका प्रहरी कार्यालय झिलझिलेमा कुटपिट सम्बन्धमा उजुरी परेपछि घटनामा संलग्न रहेका भनिएकाहरूलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको छ।

प्रतिक्रिया दिनुहोस्