मेस्सी अमेरिकी क्लब इन्टर मियामी जाने

लियोनल मेस्सी अमेरिकी क्लब इन्टर मियामी जाने भएका छन् ।

पीएसजी छोडेपछि उनको नयाँ गन्तब्यबारे सर्वत्र चासो रहँदै गर्दा उनले अमेरिकी क्लबसँग सम्झौता गर्ने भएका हुन । मेस्सीले साउदी प्रो लिग क्लब अल हिलालको महँगो प्रस्ताव त्याग्दै अमेरिकी क्लब छनोट गरेका हुन । उनको अमेरिका स्थानान्तरणका पछि विभिन्न प्रायोजक कम्पनीहरुको हात रहेको बताइएको छ । विश्व फुटबलमा सबैभन्दा धेरै उपाधि जितेका मेस्सी पहिलो पटक युरोप बाहिरको क्लबमा आबद्ध भएका हुन ।

पीएसजीसँगको सम्झौता सकिएपछि उनी पुनः बार्सिलोना फर्कने हल्लासमेत थियो । बार्सिलोनाले अमेरिकन मेजर लिग सकर क्लब इन्टर मायामीमा आबद्ध भएका लियोनल मेस्सीलाई शुभकामना दिएको छ । बार्साका अध्यक्ष जोहान लापोर्ताले दबाबरहित भएर मेजर सकर लिग खेल्ने मेस्सीको निर्णयको सम्मान गर्ने प्रतिक्रिया दिएका हुन् ।

इन्टर मायामीमा जानुको काराण फरक किसिमको फुटबल र दैनिकीमा रमाउने चाहना भएको मेस्सीको भनाइ छ ।।

प्रतिक्रिया दिनुहोस्