१८ असार-जापान, दक्षिणी भागमा रहेको एक टापुमा ९०० भन्दा बढी भूकम्पीय झड्काको महसुस गरिएको छ ।
अहिले सम्म भूकम्पका कारण कुनै ठूलो क्षति न भएको तर जापानको मौसम विज्ञान एजेन्सी (जेएमए)ले क्युशु क्षेत्रको दक्षिणमा रहेको तोकारा टापु शृङ्खलामा अपराह्न ३:३० बजे ५.५ म्याग्निच्यूडको भूकम्प गएको थियो ।
सेप्टेम्बर २०२३ मा टोकारा क्षेत्रमा तीव्र भूकम्पीय गतिविधिमा ३४६ वटा भूकम्प रेकर्ड गरिएको थियो । दूरदराजका १२ वटा टोकारा टापुमध्ये सातवटामा करिब ७०० जना बसोबास गर्छन्।
करिब १२ करोड ५० लाख मानिसको बसोबास रहेको यस द्वीपसमूहमा हरेक वर्ष करिब एक हजार ५०० झट्काहरू आउने गर्दछन् र विश्वका १८ प्रतिशत भूकम्पहरू जाने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्