१६ असार- काठमाडौं, गायिका एलिना चौहान नेपाल प्रहरीको साइबर ब्युरो पुगेकी छन्।
नीजि जीवनका कुरालाई लिएर सामाजिक सञ्जालमा अभद्र कमेन्ट गर्नेहरूविरूद्ध उनि आज साइबर ब्युरो पुगेकी हुन ।
लगाताररुपमा त्यस प्रकारका कमेन्ट गर्ने चार जनाविरूद्ध सोमबार साइबर ब्युरो पुगेर उजुरी दिएको उनले बताएकी छन ।उनले भनेकि छनः ‘अति नै भएपछि आज चार जनाविरूद्ध उजुरी दिएकी छु,
उनले अमर्यादित कमेन्ट गर्नेलाई कानुनी कारबाहीको माग गर्दै उजुरी दिएकी हुन।
प्रतिक्रिया दिनुहोस्