१५ असार- सिरहा, प्रादेशिक अस्पताल सिरहामा उपचारका क्रममा बालकको मृत्यु भएपछि आफन्तले प्रदर्शन गरेका छन्।
उपचारका क्रममा सिरहा नगरपालिका- ६ का झबुलाल महराका १२ वर्षीय छोरा राजन रामको मृत्यु भएपछि उनका आफन्त र गाउँलेहश्र अस्पतालमै आन्दोलनमा उत्रिएका हुन्।
आन्दोलन र प्रदर्शनका कारण अस्पताल परिसर तनावग्रस्त बनेको छ।मृतक बालकका आफन्त र गाउँले अस्पताल अगाडिको सडक समेत केही बेर अवरुद्ध गरेका थिए।
उपचारका क्रममा लापरबाही भएको आफन्तले आरोप लगाएका छन्। आक्रोशित भिडले अस्पतालमा तोडफोडको प्रयास गरेपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो।
बिरामी बालकलाई आज आइतबार बिहान साढे १० बजेतिर उपचारका लागि ल्याइएको थियो। आफन्तले दिएको जानकारी अनुसार ती बालक घरमा नै आचानक बेहोस भएपछि उपचारका लागि अस्पताल लगिएको थियो।
अस्पताल भर्ना भएपछि उनको उपचारमा डा सुदेशकुमार यादव सक्रिय भएका थिए। उनले बालकको शरीरमा रगतको मात्र अत्यधिक कम पाएपछि तत्कालै रगत चढाउन सुबताएका पथए ।
चिकित्सकले रगत चढाउन सुझाब दिएपछि आफन्त तत्कालै प्रादेशिक अस्पतालभित्रै रहेको ब्लड बैंकमा पुगे। तर ब्लड बैंकमा रगत नभएको जानकारी दिइयो।बालकको उपचारकै क्रममा मृत्यु भयो।
प्रतिक्रिया दिनुहोस्