१५ असार- काठमाडौं, आम जनता पार्टीका अध्यक्ष प्रभु साहले आइतबार प्रतिनिधिसभाको बैठकमा विधेयकमाथि छलफलमा भाग लिँदै विधेयक स्वीकार गर्न नसक्ने बताउँदै निजामती सेवा विधेयक रोष्ट्रममै च्यातेका छन् ।
उक्त विधेयक गरिब मारा रहेको कारण स्वीकार्य नरहेको र आफूले बैठक पनि बहिष्कार गरेको उनले बताए । उनले निजामती विधेयक पारित भएमा देशमा आगो बल्ने पनि बताएका छन। आफू यो विधेयक पारित गर्ने मतियार हुन नसक्ने पनि उनको भनाइ रहेकोछ ।
उनले भने, ‘गरिबलाई रुवाउने विधेयक हामीलाई स्वीकार्य छैन। यो नेपाली जनताले कुनै पनि हालतमा स्विकार्ने छैन। यस्तो आपराधिक कामको साक्षी म बन्न सक्दिनँ। सांसदहरूले पनि नबन्न आग्रह गर्दछु। यस्तो चीरहरण, भविष्यमाथि कत्लेआम गर्ने साक्षी हुन नसक्ने ब्यहोरा अनुरोध गर्दै आजको यो बैठक बहिष्कार गर्दै यसलाई स्वीकार गर्न सकिन, म च्यात्छु ।’ ‘यो गरिबमारा निजामती विधेयक पारित भयो भने देशमा आगो बल्छ । गरिबको भविष्यलाई कत्लेआम गर्ने गरी आएको यो विधेयक हामीलाई स्वीकार्य छैन । यदि यो आज पारित भयो भने यो कालो दिन हुनेछ ।’
प्रतिक्रिया दिनुहोस्