साडे ३ लाख बराबरकोअबैध समान सहित मोरङमा १ जना पक्राउ

मोरङको बिराटनगर महानगरपालिका-१७ बाट साँढे तिन लाख भन्दा बढीको अबैध समान सहित ओसार पसारमा संग्लग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको RIT समुहबाट खटिएको प्रहरी टोलीले  १ च ६३२८ नम्बरको मारुति भ्यानमा भारतबाट नेपाल तर्फ अबैध रुपमा ल्याउँदै गरेको अन्दाजी ३ लाख ६४ हजार रुपैयाँ बराबरको बिभिन्न प्रकारका मोटर पार्टसहरु बरामद गरेको हो ।
समान बरामद भएसंगै चालक बिराटनगर-१७ का मोहम्मद उसवानलाई समेत पक्राउ गरी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय रानीमा बुझाईएको छ ।
स्रोतः खबर ट्युब टिभी

प्रतिक्रिया दिनुहोस्