करिब ३१७ किलो चरेस बरामदसहित एक नेपाली पक्राउ

१२ असार- काठमाडौं, प्रहरीले बुधबार बेलुका पर्साको परवानीपुरबाट करिब ३१७ किलो चरेस बरामद गरिएको छ ।

परवानीपुरबाट वीरगन्जस्थित सुक्खा बन्दरगाहतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको ट्रकबाट उक्त चरेस बरामद गरिएको छ। पर्सा प्रहरी स्रोतका अनुसार, चरेस भारततर्फ लैजान लागिएको थियो ।

उक्त चरेससहित प्रहरीले ट्रकका चालक मकवानपुरको थाहा नगरपालिका–१२ का ३६ वर्षीय बुद्धिबहादुर स्याङ्तानलाई पक्राउ गरेको छ । उनको साथबाट एक लाख ९२ हजार रुपैयाँ नगद समेत बरामद गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्