घोराही सिमेन्टको प्राथमिक सेयर आईपीओ खुल्ला

सर्वसाधारणले घोराही सिमेन्टको प्राथमिक सेयर आईपीओ आजदेखि भर्न पाउने भएका छन ।

 

निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल र नबिल इन्भेस्टमेन्ट बैंकिङले आह्वान पत्र सार्वजनिक गर्दै असार ४ सम्म भर्न पाउने जानकारी दिएको हो । ६९ लाख ११ हजार ६ सय ७० कित्ता सेयरका लागि १ सयमा ३ सय ३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४ सय ३५ रुपैयाँका दरले सर्वसाधारणले आवेदन दिन सक्नेछन ।।

प्रतिक्रिया दिनुहोस्