१० असार – धनकुटा, ५० वर्षीया महिलामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
असार ८ गते राति करिब ११ बजेको समयमा धनकुटा नगरपालिका–८ सान्ताङका ५२ वर्षीय खड्गबहादुर राईले महिला घरमै सुतिरहेको अवस्थामा जबर्जस्ती करणी गरेको उजुरी परेको जिल्ला प्रहरी कार्यालय धनकुटाले बताएको छ।
राईले रातको समयमा महिलाको घरमा प्रवेश गरी साथमा बोकेको खुकुरी देखाई डरत्रास सिर्जना गर्दै पीडितको मुख थुनी करणी गरेको भन्ने उजुरी दर्ता भएको प्रहरीले जनाएको छ।
बतात्कार गर्ने राईलाइ सोही दिन साँझ करिब ५ बजे धनकुटा नगरपालिका–७ स्थित बजार क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
हाल राईमाथि जबर्जस्ती करणी कसूर अन्तर्गत आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्