१० असार- काठमाडौँ, सरकारले गठन गरेको भिजिट भिसा प्रकरणका लागि छानबिन समितिलाई रास्वपाले अस्वीकार गरेको छ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री रमेश लेखकले पूर्वमुख्यसचिव शंकरदास बैरागी नेतृत्वमा उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गरिएको र त्यसको कार्यादेश सार्वजनिक गरेका थिए।
तर त्यसपछि रास्वपाका उपसभापति तथा सांसद स्वर्णिम वाग्लेले उक्त समितिलाई अस्वीकार गर्दै गृहमन्त्रीकै प्रस्तावमा बनेको समिति निष्पक्ष हुन नसक्ने दाबी गरे।
उनले भनेः आरोपी आफैं अनुसन्धान अधिकृत छान्दै जान मिल्दैन,‘हामी नयाँ हौं, तर बेवकूफ होइनौं।’
रास्वपाले जाँचबुझ आयोग ऐनअन्तर्गत बहालवाला वा पूर्वन्यायाधीशको नेतृत्वमा समिति गठन हुनुपर्ने माग दोहोर्याएको छ। संसद् बैठकअघि बसेको रास्वपाको संसदीय दलको बैठकले छानबिन समिति र गृहमन्त्री लेखकको राजीनामा माग गर्दै संसदमा धारणा राख्ने निर्णय गरेको थियो।
सरकारले सोमबार मन्त्रिपरिषद् बैठकमार्फत गठित छानबिन समितिलाई तीन महिनाभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ। समितिमा गृहमन्त्रालयसहित छ मन्त्रालयका सहसचिवहरू सदस्य छन्।
समितिमा सहभागी सदस्यहरू
अर्थ मन्त्रालयस् तीर्थराज सिलवाल
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयस् अरूणा जोशी
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयस् रामकृष्ण लामिछाने
परराष्ट्र मन्त्रालयस् मणिरत्न शर्मा
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयस् प्रदीप कोइराला
गृहमन्त्रालयस् आनन्द काफ्ले ९सदस्य(सचिव०
प्रतिक्रिया दिनुहोस्