सुन एक हजार सात सय र चाँदी १० रूपैयाँले घट्यो

१० असार- काठमाडौं, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलवार सुन र चाँदीको मूल्य घटेको छ। सुनको भाउ आज प्रतितोला एक हजार सात सय रूपैयाँ घटेको छ।

मंगलवार छापावाल सुन एक तोलाको १ लाख ९३ हजार ५०० रुपैयाँमा कारोवार भइरएको छ । सोमवार सुन प्रतितोला १ लाख ९५ हजार २०० रुपैयाँमा कारोवार भएको थियो ।

 

यस्तै आज चाँदीको मुल्य पनि १० रुपैयाले घटेको छ । मंगलवार चाँदीको मूल्य आज २ हजार १६० रुपैयाँमा कारोबार भइ रहेकोएको छ ।

प्रतिक्रिया दिनुहोस्