देशभरबाट अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ

९ असार- उदयपुर, बेलका नगरपालिका-१ बाट अवैध लागूऔषध गाँजा करिब १२ किलोग्राम सहित सोही नगरपालिका-७ मैनामैनी बस्ने ३१ वर्षीय धन बहादुर राईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट आम्बासीबाट खटिएको प्रहरीले रामपुरठोक्सिलाबाट फत्तेपुरतर्फ जाँदै गरेको को.१ ज ३६२८ नम्बरको भेनमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

दैलेख, नारायण नगरपालिका-२ कुसाडा बस्ने २० वर्षीय कुशल कुमार थापालाई नियन्त्रित लागूऔषध नाईट्राजेपाम १ सय २० ट्याब्लेट सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ ग्राम ३ सय २० मिलिग्राम सहित सुन्दरहरैंचा नगरपालिका-८ बस्ने २९ वर्षीय सरोज आचार्यलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी मोरङ, उर्लाबारी नगरपालिका-५ सिसौलीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय पाल्देन तामाङलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कपिलवस्तु, शिवराज नगरपालिका-५ चन्द्रौटा चोकबाट अवैध लागूऔषध जस्तो देखिने खैरो पदार्थ करिब २० मिलिग्राम सहित सोही ठाउँ बस्ने ४२ वर्षीय जग मोहन सिंह बुढामगरलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले लु.प्र.०१-००१ ह ११२७ नम्बरको ई-रिक्सालाई जाँच गर्ने क्रममा ई-रिक्साको अगाडिको भागमा लुकाई छिपाई राखेको उक्त पदार्थ फेला पारी चालक बुढामगरलाई पक्राउ गरेको हो ।

यसैगरी कपिलवस्तु, शिवराज नगरपालिका-२ बालापुर चोकबाट अवैध लागूऔषध जस्तो देखिने खैरो पदार्थ करिब २२ मिलिग्राम सहित बिजयनगर गाउँपालिका-६ बस्ने ३५ वर्षीय बिष्णु कडेल भन्ने हरी प्रसाद कडेललाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले हल्लानगरबाट बालापुर चोकतर्फ आउँदै गरेको लु.प्र. ०१-००१ ह ०७८९ नम्बरको ई-रिक्सालाई जाँच गर्ने क्रममा चालक कडेललाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

सिराहा, लहान नगरपालिका-१ सिरमराहाबाट नियन्त्रित लागूऔषध डाईजेपाम ५ एम्पुल, बुप्रेनोर्फिन ५ एम्पुल र फेनारगन ३ एम्पुल सहित २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लहान नगरपालिका-१ बस्ने २३ वर्षीय प्रशान्त साह र २९ वर्षीय आगेश्वर आले रहेका छन् । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका-२ नहरमुखबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल ७४ पिस सहित सोही महनरगापलिका-३  नदिपुर बस्ने ३० वर्षीय विपिन बागदासलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

कैलाली, घोडाघोडी नगरपालिका-४ सिमथरीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ८० मिलिग्राम सहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा घोडाघोडी नगरपालिका-१ बस्ने २५ वर्षीय प्रदिप चौधरी, सोही नगरपालिका-९ रतीपुर बस्ने १ वर्षीय प्रेम चौधरी र भारत आसाम प्रदेश दामाजी जुनैला नहर्जुन बस्ने २२ वर्षीय राजेश मिलि रहेका छन् । इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

चितवन, भरतपुर महानगरपालिका-१७ गोब्रेनी बस्ने ३८ वर्षीय धन बहादुर भुजेललाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम २० मिलिग्राम र नगद २५ हजार ४ सय ५० रूपैयाँ सहित आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्