बालुवा निकाल्ने क्रममा हिमा नदीले बगाउँदा किशाेरीकाे ज्यान गयाे

श्रावन ३२ -जुम्ला, जुम्लाको आज बिहीवार हिमा नदीले बगाउँदा एक किशाेरीकाे ज्यान गएकाे छ ।

आज कनकासुन्दरी गाउँपालिका–६ मा बालुवा निकाल्ने क्रममा हिमा नदीले बगाउँदा स्थानीय १८ वर्षीया मैना सार्कीको ज्यान गएको प्रहरीले जनाएको छ । नदीको लौडीसेन भन्ने ठाउँमा बालुवा निकालिरहेका बेला नदीमा आएको छालले मैनालाई बगाएकाे थियाे ।

मृतक बालिका कनकासुन्दरीकाे पाण्डवगुफा मावि कोटघरमा कक्षा १० मा अध्ययनरत रहेकाे कनकासुन्दरीका अध्यक्ष दामोदर आचार्यले बताउनुभयाे ।

 

-उज्यालो

प्रतिक्रिया दिनुहोस्