एआई तस्बिर
८ असार -दक्षिण कोरिया, दक्षिण कोरियाले तीन जना नेपालीलाई देश निष्कासन गरेको छ। अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा दक्षिण कोरिया सरकारले तीन जना नेपालीलाई देश निकाला गरेको हो।
देश निकाला पर्नेमा देवान, सिंह र गौतम थरका एक-एक जना रहेका छन्।
उनीहरूलाई गत साता थाइ एयरवेजको जहाजबाट काठमाडौं पठाइएको थियो । अध्यागमन कानुन उल्लंघन गरेको बताइए पनि उनीहरू निष्कासन हुनुको पूर्ण विवरण खुलाइएको छैन।
त्यहाँको कानुन विपरीत गतिविधि गरेको पाइएपछि त्यहाँको अध्यागमनले नेपालीहरूलाई निष्कासन गर्ने गरेको दक्षिण कोरियाका एक नेपालीले बताएका छन। यसअघि जेठको पहिलो साता दक्षिण कोरिया सरकारले एकैपटक १० जना नेपालीलाई निष्कासन गरेको थियो।
प्रतिक्रिया दिनुहोस्