सांसदहरूको प्रश्नको जवाफ दिन पाउनु भएन नि प्रधानमन्त्रीज्यू रु’ मुस्कुराउँदै ओलीले जवाफ फर्काए, ‘मजा लाग्यो ?’

६ असार- काठमाडौं, आज बसेको प्रतिनिधि सभाको बैठकको कार्यसूचीमा राखिएको प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीक विरोधका कारण सांसदहरूसँग प्रधानमन्त्रीको प्रत्यक्ष सवाल-जवाफ कार्यक्रम यस पटक सम्भव भएन ।

दुई दलले आज पनि विरोध गरेपछि सभामुख देवराज घिमिरेले प्रधानमन्त्री ओलीसँगको प्रश्नोत्तर कार्यक्रम कार्यूचीबाट हटाएका हुन । बैठक सुरु हुनेबित्तिकै रास्वपा र राप्रपाका सांसदहरूले नाराबाजी गरेपछि कार्यसूचीबाट प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हटाइएको हो ।

प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम न भएपछि प्रतिनिधि सभाको बैठकबाट प्रधानमन्त्री ओली केही बेर बसेर बाहिरिएका थिए ।

बाहिरिने क्रममा ओलीलाई पत्रकारहरूले सोधे, ‘सांसदहरूको प्रश्नको जवाफ दिन पाउनु भएन नि प्रधानमन्त्रीज्यू ?’ मुस्कुराउँदै ओलीले जवाफ फर्काए, ‘मजा लाग्यो ?’

शुक्रबार प्रतिनिधिसभामा दुई दलले विरोध गरेपछि सभामुख घिमिरेले बस्न बारम्बार आग्रह गरे पनि वातावरण बनेन ।

कालो पोशाक र निलो स्कार्फ बाँधेर पुगेका रास्वपा सांसदहरूले वेल नै घेराउ गरे । उता राप्रपाका सांसदहरूले विरोध जनाइरहे ।  भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै रास्वपा र राप्रपाले संसद्मा विरोध गर्दै आइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्