६ असार- काठमाडौं, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा ८०० रुपैयाँ घटेको छ ।
शुक्रबार छापावाल सुन एक तोलाको १ लाख ९४ हजार ७०० रुपैयाँमा कारोवार भइरएको छ । बिहीबार सुन प्रतितोला १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको थियो ।
यस्तै आज चाँदीको मुल्य ५० रुपैयाले घटेको हो । चाँदीको मूल्य आज २ हजार १५० रुपैयाँ कायम भएको छ । । बिहीबार चाँदी प्रतितोलामा २ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्