नाइजेरियामा अपहरण गरिएका अमेरिकी दूतावासका दुई कर्मचारीलाई सकुशल उद्धार अन्य सात व्यक्तिको मृत्यु

नाइजेरियामा अपहरण गरिएका अमेरिकी दूतावासका दुई कर्मचारीलाई सकुशल उद्धार गरिएको प्रहरीले बताएको छ, सँगै यात्रा गरिरहेका अन्य सात व्यक्तिको मृत्यु भएको केही दिनपछि उनिहरुको सकुशल उद्धार गरिएको हो ।

गत वर्षदेखि कर्फ्यू लगाइएको ओगबारुको दक्षिण–पूर्वी जिल्लामा मंगलबार आक्रमण भएको थियो। तेहाँका एक स्थानीय अधिकारीले भने कि आक्रमणकारीहरूले सवारी साधनहरूमा गोली हाने र तिनीहरूमा आगजनी गरे र पहिचान गर्न नसकिने मृतकहरूलाई जलाए। बन्दुकधारी को थिए भन्ने कुरा अझ खुलेको छैन ।

केही अधिकारीहरूले भने इग्बो पृथकतावादी लडाकूहरूलाई बियाफ्रा ९इपोब० समूहका आदिवासी जनजातिहरूलाई दोष दिइरहेका छन , राष्ट्रपति मुहम्मदु बुहारी, नाइजेरियाको सुरक्षा संकट अन्त्य गर्ने वाचामा असफल भएपछि यस महिनाको अन्त्यमा पद छाड्ने, आफ्नो सरकार मंगलबारको आक्रमणका दोषीहरूलाई कार्यवाही गर्नेमा आफु प्रतिबद्धू रहेको बताएका छन्।

कुनै पनि अमेरिकी नागरिक पीडितहरू मध्ये थिएनन् र यस समयमा यो हाम्रो मिसन विरुद्ध लक्षित गरिएको कुनै संकेत छैनू, विदेश सचिव एन्थोनी ब्लिन्केनले भने।

मंगलबार मारिएका सात जनामध्ये तीन जना अमेरिकी दूतावासका नाइजेरियाली कर्मचारी र चार सुरक्षाकर्मी थिए। अपहरणपछि रिहा भएका दुई जनाको प्रहरीले सार्वजनिक रूपमा पहिचान गरेको छैन।

प्रतिक्रिया दिनुहोस्